हरेक शनिबार टोखा बजारमा टोखा नेवाः सडक खाजा महोत्सव

टोखा नेवाः सडक खाजा महोत्सव गत असोज देखि सुरु भएको एक सांस्कृतिक तथा परम्परागत खानाको उत्सव हो, जुन टोखा बजारमा प्रतेक शनिबार आयोजना हुँदै आएको छ । यो महोत्सवको मुख्य उद्देश्य नेवाः समुदायको मौलिक खाना, संस्कृति र परम्परालाई प्रवद्र्धन गर्नु रहेको महोत्सव संयोजक गणेश मान श्रेष्ठले बताउनु भएको छ । महोत्सवमा योमरी, चटामरी, बारा, समयबजी, लगायत थुप्रै परम्परागत नेवाः खाजाहरूको प्रदर्शनी तथा बिक्री गरिएको छ ।
टोखा नेवाः सडक खाजा महोत्सवले पर्यटन प्रवद्र्धन गर्न, स्थानीय व्यवसायलाई सहयोग पु¥याउन र सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पु¥याउने लक्ष्य राखेको छ । यो महोत्सव खानाका पारखिहरूका लागि स्वादको, अनि समुदाय र संस्कृतिको उत्सव पनि हो ।

यस महोत्सवको ब्यवस्थापन टोखा संस्कृति संरक्षित क्षेत्र विकास समिति र नेवाः गुठि टोखाले गर्दे आइरहेको छ । टोखा न.पा. वडा नं. २ र ३ ले पनि यो महोत्सवमा महत्वपुर्ण योगदान गरेको महोत्सवका सल्लाहकार हरिदास श्रेष्ठले बताउनु भयो ।
महोत्सवमा मुख्यतः स्थानिय महिला समूहहरु खानपानको सेवामा बढि सहभागीता रहेको देखिन्छ । प्राय खानाका स्टलहरु म्हिलाले नै संचालन गरेका छन् । यस महोत्सवले गर्दा यहाँका महिला दिदी बहिनीहरु अत्मनिर्भर बन्दै गएको र उनिहरुमा घरैमा अनि परिवार सँगै बसेर साना ब्यवसाय आपैm गर्ने अवस्था सिर्जना भएको छ ।

टोखा बजार काठमाण्डौको उत्तर तर्फ पर्ने टोखा नगरपालिका, वडा नं. २ र ३ भित्र अवस्थित बस्ती हो, जसको इतिहास लिच्छवि युगदेखि सुरु भएको मानिन्छ । टोखा शब्द नै उखु खेतीसँग सम्वन्धित छ, जसले यहाँको प्रमुख व्यवसाय चाकु उत्पादनलाई संकेत गर्दछ । परम्परागत रुपमा यहाँका नेवार समुदाय कृषि, पशुपालन, साना व्यापार र विशेष गरि चाकु उद्योगमा संलग्न छन् । यहाँ आज पनि करिब १४ वटा पिरम्परागत चाकु उद्योग संचालनमा छन् । माघे संक्रान्ति जस्ता पर्वमा चाकुको उत्पादन र माग उच्च हुने गर्छ, जसले पोखरा, बिराटनगर, बुटवल देखि विदेशसम्म आपुर्ति पाइरहेको छ । साँस्कृतिक रुपमा टोखा खड्ग जात्रा, गाई जात्रा, इन्द्र जात्रा, लाखे नृत्य जस्ता परम्परागत पर्वका लागि पनि प्रसिद्ध छ ।






खानामा थकाली खाजामा नेवारी भन्ने जनमानसको भनाईलाई अँगाल्दै टोखा बजारले नेवाः परिकारलाई खाजाको रुपमा प्रचार हुने गरि गरेको यो महोत्सवमा हजुरहरु पनि अवस्य जानु होला । हजुरहरुको अनुभव अनि आफुले खाएको परिकारहरुको फोटो हाली हामीलाई पनि मेन्सन तथा ट्याग गरि जानकारी दिनुहोला है । आउँदो शनिबार टोखा नेवाः खाजा महोत्सव मा भेटौंला है ।





Comments