top of page

घरमै मोजरेल्ला चिज बनाउँने तरिका

  • Writer: The Chef Nepal
    The Chef Nepal
  • Jun 16
  • 2 min read

Estimated Time: 45 minutes

Handmade Mozzarella Cheese

गाई वा भैंसीको दुधबाट तयार गरिने मोजरेल्ला चिज नरम, हल्का र तन्कने प्रकृतिको हुन्छ । चिजहरुका बिभिन्न प्रकार मध्ये सबैभन्दा बढि प्रयोग हुने चिज पनि यहि हो । यो एकदमै क्रिमि हुन्छ र छिटो पग्लन्छ । यो चिज पहिलो पटक दक्षिणि इटालीबाट, विशेष गरि नेपल्स नजिकैको क्याम्पानिया क्षेत्रबाट १२ औं सताब्दी तिर आएको मानिन्छ । इटालियन खानामा चिजको धेरैनै महत्व छ भने विश्वभरनै पिज्जा सबैले मन पराउने र अत्यधिक चल्तिको खाना भएको छ जसमा मुख्यतः मोजरेल्ला चिज प्रयोग हुन्छ । मोजरेल्ला चिज बिभिन्न तरिकाले खान सकिन्छ ।


मोजरेल्ला चिज बदाउन चहिने सामानहरु:


दुध (क्रिम ननिकालिएको) - २ लिटर

सेतो भिनेगर वा कागतीको सर - ७ टेबल चम्चा

नुन - ५ टेबल चम्चा


मोजरेल्ला चिज बनाउने तरिकाः


१. दुधलाई एउटा फराकिलो भाँडामा मध्यम तापमा तताउनुहोस् । बेला बेलामा चलाउँदै गर्नुहोस् ।

२. दुध लगभग ८५ देखि ९०ऋ को तापक्रमामा साना साना बुलबुले बन्न थाल्दछन् । दुध उम्लन नदिन सावधान रहनुहोस् ।

३. आवश्यक तापक्रममा पुगेपछि आगो बन्द गरिदिनु होस् । र बिस्तारै सेतो भिनेगर वा कागतीको रस हाल्नुहोस् । यसले दुधलाई जम्न मद्दत गर्दछ ।

४. सेतो भिनेगर वा कागतीको रस हालेपछि दुध दहि बन्न थाल्दछ, भिनेगर वा कागतीको रस हालेपछि ५–१० मिनेट सम्म बस्न दिनुहोस् ताकि दहि बन्न सकोस् ।

५. प्वाल भएको भाँडा (कोल्यान्डर) माथी पतलो गरि बुनिएको कपडा (चिज क्लोथ) राखि ठुलो चम्चा (स्कुप) ले बिस्तारै सबै दहि सार्नुहोस् । दहिलाई केहि मिनेटका लागी पानी तैरन दिनुहोस् ।


Kneeding Mozzarella Cheese

६. पानी तैरिए पछि दहिमा नुन राख्नुकोस् । अव पिठो मुसेको जसरी बिस्तारै मुस्दै जानुहोस् । यसरी मुस्दा दहि चिल्लो, तन्कने र पिठोको डल्लो जस्तो बन्दै जान्छ ।

७. अव, दहिलाई माइक्रोवेभमा २०/३० सेकेण्डको लागी तताउनुहोस् र फेरि मुस्नुहोस् । यसरी अलिकति तताउने र मुस्ने प्रकृया केहि पटक दोहोर्‍याउनु होस् । यसरी दहि लोचदार तन्कने र चिल्लो बन्दै जान्छ ।

८. अब यो दहि मोजरेल्ला चिजमा परिणत भैसक्यो । आफुलाई चित्त बुझ्दो टेक्स्चर आएपछि, गोलो वा कुनै आकारमा ढाल्नुहोस् । यदि केहि मिनेट बरफ पानीमा राख्नु भयो भने यो मोजरेल्ला चिज अझ नरम बन्दछ ।

९. यो घरमै बनाएको मोजरेल्ला चिज ताजा राख्न यसबाट तैरिएर निस्केको पानी वा नुन पानीले भरिएको भाँडामा राख्नुहोस् ।

१०. यसरी घरैमा बनाएको मोजरेल्ला चिज पिज्जा, स्याण्डविच, या अन्य कुनै स्वादिला परिकार बनाएर मज्जा लिनुहोस् ।


Grilled Chicken with Tomato and Mozzarella
Grilled Chicken with Tomato and Mozzarella

Comments


Home    |    About    |    News    |    Articles    |    Chefs    |    Recipe    |    Contact    |    Advertise

Subscribe to get post notifications.

If you have news, articles or any

content to publish in this site: email us to thechefnepal@gmail.com

Chef Nepal | Nepali Culinary Scenes

© 2025 by Dharma Pictures

bottom of page