top of page

डन डाईरेक्टर अमन प्रताप अधिकारीले "शेफ नेपालः द प्रोफेशनल" को निर्देशन गर्ने 

  • Writer: The Chef Nepal
    The Chef Nepal
  • Jun 11
  • 2 min read

काठमाण्डौ, नेपाल ।

बहुप्रतिक्षित प्रतिस्पर्धात्मक पाककला रियालिटि शो शेफ नेपालः द प्रोफेशनलको निर्देशकका रुपमा प्रख्यात निर्देशक अमन प्रताप अधिकारी अनुवन्धित हुनु भएको धर्म पिक्चर्सले सार्वजनिक गरेको छ । निर्देशक अधिकारी दुरदर्शी कथा कथन र गतिशिल रचनात्मक निर्देशनमा ख्याति प्राप्त ब्यक्तित्व हुनुहुन्छ । हिमालय रोडिज, को बन्छ करोडपति, एैना, कृपा अनप्लगड, लगायतका शोहरु निर्देशन गरेका उहाँले पोइट आइडल नामक विश्वकै पहिलो कवितात्मक रियालिटि शोको निर्माण तथा निर्देशन गरेका थिए ।


Chef Nepal: The Professionals Director Aman Pratap Adhikari

निर्देशक अमन प्रताप अधिकारीले यस पाककला रियालिटि शो निर्देशन गर्दै गर्दा नेपाली खाना र पाककला परम्पराको आधुनिकिकरणलाई स्क्रिन मार्फत पुनः परिभाषित गर्नेछन् र पाककलालाई टिभि कार्यक्रम बनाउदै गर्दा यस विधामा रोमान्चकता र नविनताको भण्डार ल्याउनेछन भन्नेमा निर्माता ढुक्क छन् । कार्यकौशलमा निपुणता र शोको उत्पादन स्तर उच्च राख्नका लागी परिचित निर्देशक अमनको संलग्नताले दृश्यात्मक रुपमा आश्चर्यजनक, भावनात्मक रुपमा शक्तिशाली, र सांस्कृतिक रुपमा बिविधताले भरिएको कार्यक्रमको अनुभव यस शोले प्रदान गर्नेछ ।


नेपालको पहिलो ब्यवसायिक शेफहरुको पाककला प्रतियोगिता शेफ नेपालः द प्रोफेशनलमा परम्परागत एवं आधुनिकता दुवैलाई प्रतिनिधित्व गर्न सक्ने र प्रतियोगितामा खरो उत्रन सक्ने कुशल शेफहरुको चयन गरिने छ । यो टिभि शो सेप्टेम्बरमा छायाँकन सुरु हुने तय भएको छ, जसको प्रशारण अक्टोबर २०२५ बाट गरिनेछ ।


प्रतिस्पर्धामा सहभागी हुनका लागी आवेदन जुन महिनाको अन्त्यसम्मका लागी खुल्ला राखिएको छ, विशेष गरी डेमी शेफ दि पार्टि (DCDP) भन्दा माथिका शेफहरु सहभागी हुन सक्ने छन् । कमर्सियल किचनमा ५ वर्ष भन्दा बढि समय काम गरेको अनुभव अनिवार्य गरिएको छ । इच्छुक शेफहरुले शेफ नेपालको वेबसाईट www.chefnepal.com/applications मार्फत आवेदन दिन सक्ने छन् ।


अहिले सम्मको प्रतिक्रिया अत्याधिक रहेको छ, ५० भन्दा बढि शेफहरुले पहिले नै आवेदन दिइसकेका छन् । यद्यपि यो प्रतिस्पर्धाको लागी १०० भन्दा बढि शेफहरुको आवेदनबाट केवल १०० शेफहरुलाई छनोट सुचीमा राखिनेछ । हाल सम्म १३ देशमा प्रोफेशनल शेफका रुपमा स्थापित ५० भन्दा बढि आवेदन संकलन भइ सकेको छ ।


पाककलाको जोशले परिशुद्धतालाई भेट्ने र भान्सामा किंवदन्तीहरु बन्ने क्षणको प्रतिक्षा अव चाँडै नै सकिने छ । शेफ नेपालः द प्रोफेशनल को आगामी तयारीहरु बारे जानकारी गराउँदै जाने प्रडक्सन कम्पनी धर्म पिक्चर्स अवगत गराउँदछ ।

Comments


Home    |    About    |    News    |    Articles    |    Chefs    |    Recipe    |    Contact    |    Advertise

Subscribe to get post notifications.

If you have news, articles or any

content to publish in this site: email us to thechefnepal@gmail.com

Chef Nepal | Nepali Culinary Scenes

© 2025 by Dharma Pictures

bottom of page